३१ असार २०८१ काठमडौ ।
नेकपा एमालेले सरकारमा सहभागी हुने आफ्ना ८ जना मन्त्रीको नाम टुंगो लगाएको छ । एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ रहेका छन ।
यस्तै सचिवहरू योगेश भट्टराई र छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, पोलिटब्यूरो सदस्य जुलिकुमारी महतो र दामोदर भण्डारी र केन्द्रीय सदस्य विद्या भट्टराई रहेका छन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले बिहान ११ बजे प्रधानमन्त्री पदको सपथ लिंदैछन ओलीसँगै ८ मन्त्रीले पनि सपथ लिनेछ ।
अर्थ, रक्षा, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि, व्यवस्था तथा सहकारी, शिक्षा, विज्ञान तथा प्रविधि र सञ्चार तथा सूचनाप्रविधि मन्त्रालय पाएको छ ।
जसमा अर्थमा विष्णु पौडेल, रक्षामा पृथ्वीसुब्बा गुरूङ, सञ्चारमा योगेश भट्टराई, भौतिक पूर्वाधार तथा यातायातमा छविलाल विश्वकर्मा, सामान्य प्रशासन मन्त्रालयमा कृष्णगोपाल श्रेष्ठ, उद्योगमा दामोदार भण्डारी, भूमि व्यवस्था तथा सहकारीमा जुलीकुमारी महतो र शिक्षामा विद्या भट्टराईले जिम्मेवारी सम्भावना रहेको छ ।
Discussion about this post