१२ असार २०८१ मोरङ्ग ।
बिराटनगरको विमान स्थलमा आज बिहान बाढी पसेपछि विराटनगर विमानस्थलबाट उडान बन्द गरिएको छ ।
बस्तीबाट ओभरफ्लो भएर विराटनगर विमानस्थलमा बाढी पसेको हो । विमान स्थलमा बाढी पसेपछी विमानस्थल जाने बाटो अवरुद्ध बनेको छ ।
यस्तै हेलिप्याडमा समेत बाढीको पानी पसेर डुबानमा परेको छ ।
विमानस्थलको धावनमार्गमा भने अहिलेसम्म बाढी नपसेको कार्यालयले जनाएको छ ।
विमानस्थलको धावन मार्गमा बाढी नपसे पनि बाढी पस्ने जोखिम भएका कारण विमानस्थलको उडान बन्द गरिएको कार्यालयले जनाएको छ ।
दैनिक औसतमा १८ उडान हुने गरेको विराटनगर विमानस्थलमा आज कुनै पनि उडान हुन सकेको छैन ।
विमानस्थलमा पसेको बाढी घट्दै सामान्य अवस्थामा
आएपछि मात्रै विमानस्थल सुचारु गरिने बताइएको छ ।
Discussion about this post