३१ जेस्ठ २०८१ काठमडौ ।
यस वर्षको मनसुन सरदर मिति भन्दा तीन दिन अगाडिनै नेपाल भित्रिएको छ ।
जल तथा मौसम विज्ञानविभागको मौसम पूर्वानुमान महाशाखाले २८ गतेदेखि नै मनसुन भित्रिएको जानकारी दिएको हो । हाल कोशी प्रदेशमा केन्द्रित रहेको मनसुन नेपालका अन्य भूभागमा केही दिनभित्रै क्रमिक रुपमा फैलिदै जाने मौषम बिभागको अनुमान छ ।
नेपालमा दक्षिण हिन्द महासागर, भारतको केरला,बंगालको खाडी,सिक्किम हुँदै नेपालको ताप्लेजुङ-इलामतर्फबाट मनसुननेपाल प्रवेश गरेको हो ।
नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने र अक्टुबर २ तारिखमा बाहिरिने गर्दछ ।
यद्यपि कहिलेकाहीँ सरदर मितिभन्दा ढिलो- चाँडो पनि हुने गर्दछ । गत वर्ष नेपालमा १२४ दिनसम्म रहेर २८ असोजमा मनसुन बाहिरिएको थियो । सरदर मितिभन्दा एक दिन ढिला गरी ३१ जेठमा भित्रिएको मनसुन १३ दिन ढिलो बाहिरिएको थियो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष सरदरभन्दा बढी वर्षा र सरदरभन्दा बढी गर्मी हुने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म छ ।
Discussion about this post