२८ जेस्ठ २०८१ ।
काठमाडौं-कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिएर फसेका १४ वटा खच्चडमध्ये २ वटा मरेका छन् ।अरु आठ वटा खच्चड लाई जिवितै उद्दार गरिएको छ ।
अछाम र दैलेख जिल्ला जोड्ने कर्णालीमाथि झोलुंगे पुलको एकातर्फको लठ्ठा चुँडिदा सामान बोकेर आइरहेका १४ वटा खच्चड फसेका थिए । जसमध्ये एउटा पुलमा फसेकै अवस्थामा मरेको हो । अर्को भने जाली काटेर नदीमा झारेपछि मरेको छ ।दैलेखको आठबीस नगरपालिका ६ का वडाअध्यक्ष नवराज शर्माका अनुसार पुलमा फसेका १४ मध्ये ८ वटा खच्चडलाई निकालिएको छ । पुलका बाँकी खच्चडलाई तानेर निकालिएको छ । ती खच्चड नदीमा खसाल्दा ढुंगामा पर्ने भएकाले तानेर निकालिएको हो ।
पञ्चदेवल नगरपालिका र दैलेखको आठबीस नगरपालिका जोड्ने पुलको एकातर्फको लठ्ठा चूँडिदा खच्चड तारमा अड्किएकाले उद्धार गरिएको दैलेख प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिल दाहालले बताए ।
अहिले पुलबाट केहीलाई नदीमा खसालेर उद्धार गरिएको छ भने केहीलाई लठ्ठाबाट डोरीले तानेर निकालिएको वडाअध्यक्ष शर्माले जानकारी दिए ।
लठ्ठा चुँडिएर पुल लच्किँदा अछाम र दैलेखबीच आवतजावत बन्द भएको छ । अहिले पुलमा अड्किएका अरु खच्चडलाई पनि निकालिएको र घाईते खच्चड हरुलाई पन्चदेवल नगरपालिका पशु सेवा शाखा बिभागका संयोजक प्रेम जैसवालको टिमले उपचार गराईरहेको जानकारी शर्माले गराए ।
Discussion about this post