२८ जेस्ठ २०८१ नयाँ दिल्ली भारत ।
चुनावमा भारतीय जनता पार्टीले बहुमत ल्याउन असफल भएपछि गठबन्धन सरकार निर्माणमा जुटेका नरेन्द्र मोदी र विपक्षी दलहरूबीच शपथ ग्रहणको दिन पनि तनाव रोकिएको छैन।
आइतबार साँझ सवा ७ बजे राष्ट्रपति भवनमा आयोजित समारोहमा तेस्रो पटक मोदीले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्न जादा विपक्षी गठबन्धनका नेतालाई भने निमन्त्रणा नै पठाईएको छैन ।
यस शपथ समारोहमा भारतले छिमेकी देशका राष्ट्राध्यक्षलाई निम्ता दिएका छन् । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका नेता दिल्ली पुगिसकेका छन् ।
विदेशी नेता दिल्ली उत्रिसक्दा मोदीको शपथ समारोहमा विपक्षी इन्डिया गठबन्धन सहभागी हुने नहुने अझै टुंगो भएको छैन ।
यसलाई लिएर अझै पनि ठोस कुरा आएको छैन । भारतीय सञ्चारमाध्यमका अनुसार कांग्रेसका राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खरगेलाई शपथ ग्रहणमा सहभागी हुन निम्ता गएको छ । तर खरगे शपथ ग्रहण सम मा जाने नजाने अझै टुंगो भएको छैन ।
शनिबारसम्म पनि कांग्रेसले प्रधानमन्त्री मोदीको शपथ ग्रहण कार्यक्रमका लागि कुनै निम्तो नआएको जनाएको थियो ।
निम्तो आए जाने
कांग्रेस नेता केसी वेणुगोपालले शपथ ग्रहणमा सहभागी हुनेबारेको निर्णय इन्डिया गठबन्धनले गर्ने बताए । कांग्रेसका सञ्चार प्रमुख जयराम रमेशले शनिबार शपथ ग्रहणका लागि मोदीले अहिलेसम्म अन्तरराष्ट्रिय नेतालाई मात्रै निम्ता दिएको बताएका थिए ।
उनले इन्डिया गठबन्धनका कसैलाई पनि निम्तो नआएको बताएका थिए । यदि तो आएमा इन्डिया गठबन्धनका नेताहरू सहभागी हुनेबारे विचार गर्ने उनले बताए ।
उनले इन्डिया गठबन्धनका कसैलाई पनि निम्तो नआएको बताएका थिए । यदि निम्तो आएमा इन्डिया गठबन्धनका नेताहरू सहभागी हुनेबारे विचार गर्ने उनले बताए ।
थरूरद्वारा इन्कार
जानकारी अनुसार मल्लिकार्जुन खरगेलाई शपथ ग्रहणको निम्तो पुगेको छ । उता कांग्रेस सांसद शशी थरूरले भने आफूहरूलाई कुनै निम्तो नआएको बताएका छन् ।
कांग्रेस नेता थरुरले मोदीतिर कटाक्ष गर्दै –
सबैभन्दा उत्तम भनेको छिमेकी देशका प्रमुखहरूलाई बोलाउनु नै रहेको उल्लेख गरे ।
उनले यस पटक पाकिस्तानलाई नबोलाएको भन्दै मोदीप्रति व्यंग्य कसे । उता मोदीले शपथ लिने दिन नै विश्वकप क्रिकेटमा भारत र पाकिस्तान आमनेसामने हुँदैछन् ।
ममता बनर्जी नजाने ।
उता तृणमूल कांग्रेस प्रमुख ममता बनर्जीले आफू र आफ्नो दलका कोही पनि प्रतिनिधि मोदीको शपथ समारोह नजाने बताइन् ।
ममता बनर्जीले कोलकातामा आफूहरूलाई मोदीको शपथका लागि कुनै निमन्त्रणा नआएको बताउँदै दिल्ली जाने कुरै नभएको उल्लेख गरिन् ।
तृणमूल कांग्रेसको संसदीय दलको बैठकपछि पत्रकारसँग बोल्दै
ममता बनर्जीले मोदीले सपथ लिंदा जानुको अर्थ नभएको बताइन् ।
तृणमूल कांग्रेसको संसदीय दलको बैठकपछि पत्रकारसँग ममता बनर्जीले मोदीले शपथ लिंदा जानुको अर्थ नभएको बताइन् । ‘तृणमूल कांग्रेसका कोही पनि यस समारोहमा सहभागी हुने छैनन्’, उनले भनिन् ।
ममता बनर्जीले भाजपालाई निशाना साँध्दै
भनिन्, ‘एक असंवैधानिक र गैरकानुनी
पार्टीलाई सरकार गठनका लागि शुभकामना
दिन सकिँदैन । यस सरकारको गठन
गैरकानुनी र अलोकतान्त्रिक तरिकाबाट गरिएको छ ।
हामी भाजपालाई तोड्ने छैनौँ ।
तर ऊ आफैं एक दिन टुट्ने छ । भाजपाका
सदस्यहरू खुसी छैनन् ।’
ममता बनर्जीको पार्टी पश्चिम बंगालको ४२ सिटमा २९ सिट जित्दै भाजपालाई धक्का दिन सफल भएको छ ।
ममता बनर्जीको तृणमूल कांग्रेस इन्डिया गठबन्धनको सदस्य पनि हो ।
यसैबीच कांग्रेस नेता केसी वेणुगोपालले विपक्षी नेताले सरकारको तर्फबाट शपथ ग्रहण समारोहमा सहभागी हुनका लागि निम्ता नमिलेको बताएका छन् ।
उता अर्का कांग्रेस नेता जयराम रमेशले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहका लागि इन्डिया गठबन्धनका नेताहरूलाई निम्तो आएको छैन । जब हाम्रा नेताहरूलाई निम्ता आउने छ, तब हामी त्यसबारेमा विचार गर्नेछौँ ।’
Discussion about this post