२५ जेस्ठ २०८१ झापा ।
ईटहरी-५ सिमरबनाकी दुर्गा रिमाल (घिमिरे) २३ गते बुधवार दिन विराट नर्सिङ होममा भर्ना भइन् । जिउ र पेट सामान्य दुखेको भन्दै अस्पताल पुगेकी उनलाई डाक्टरको सल्लाह बमोजिम नै हस्पिटल गरिएको थियो ।
सामान्य अवस्थामा अस्पताल भर्ना भएकी उनलाई बिहीबार डाक्टरले मृत घोषणा गरेपछि विराट नर्सिङ होमको अवस्था तनावग्रस्त बनेको छ ।
खाजा खाएर अस्पतालको तला माथि हिँड्दै चढेकी उनलाई अत्यधिक औषधि प्रयोग गरेपछि निधन भएको परिवार श्रोतले जनाएको छ ।
एकै पटक लगातार पाँच वटा भन्दा बढी सिरिन्जबाट औषधि चलाएको परिवारका सदस्यहरू बताउँछन् ।
मुटुमा समस्या आएको कारण बिरामी अचेत भएको बताउँदै आएका डाक्टरले बिहीबार मृत घोषणा गरेका हुन् ।
डाक्टरहरू भानु न्यौपाने र डाक्टर ललित राजवंशीको लापरबाहीको कारण बिरामीको मृत्यु भएको परिवारजनले बताएका छन् ।
एकै पटक लगातार पाँच वटा भन्दा बढी सिरिन्जबाट औषधि चलाएको परिवारका सदस्यहरू बताउँछन् । मुटुमा समान्या समस्या आएको कारण बिरामी अचेत भएको बताउँदै आएका डाक्टरले बिहीबार मृत घोषणा गरेका हुन् ।
डाक्टरहरू भानु न्यौपाने र डाक्टर ललित राजवंशीको लापरबाहीको कारण बिरामीको मृत्यु भएको हुन सक्ने परिवारजनको भनाई रहेको छ ।
Discussion about this post