२५ जेस्ठ २०८१ झापा ।
ईलामको चुलाचुली गाउँपालिका वडा नं ३ स्थित ऐना पोखरीमा पौडी खेल्न साथिहरु सङ्ग गएकी एक युवतिको पौडी खेल्ने क्रममा एकको २४ गते सोम्बार पोखरिमा डुबेर मृत्यु भएको छ ।
स्थानिय पर्यटकिय चुला चुली स्थित ऐना पोखरिमा पौडी खेल्ने क्रममा चुलाचुली ४ निवासी १८ वर्षीय बिनिता जोगिको मृत्यु भएको हो ।
उनी सङ्गै पौडी खेल्न गएका अन्य जना साथिहरु भने साथिलाई निकाल्ने क्रममा पोखरिमा घाईते भैइ उपचारका लागि हस्पिटल भर्ना गरिएको छ ।
मृतक जोगि सहित अन्य २ जना महिला पौडि खेलिसकेर फर्कने क्रममा करिब दिउँसो १२ बजे जोगिको खुट्टा चिप्लिएर पोखरिमा पसेकि थिइन । साथमा रहेका साथीहरुले उनलाई निकाल्न समेत प्रयास गरेका थिए ।
मान बहादुर जोगी र निर्मला जोगीकि छोरी बिनिता हालसालै स्थानिय बालज्योती मा.बि. बाट ११ को परीक्षा दिएर बसेकी थिइन । आमा निर्मला बिदेश रहेको कारण उनी बुबा र दाजुको साथमा बसिरहेकी थिइन
।
दमक प्रहरीको एक टोलिले लासलाई पोस्टमार्टमको लागि दमक लगिएको जानकारी ईलाका प्रहरी कार्यलय दमकले गराएको छ ।
Discussion about this post