९ जेस्ठ २०८१ झापा ।
झापाको कचनकवल गाउँपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित एक महिला पक्राउ परेका छन् ।
सोमबार दिउँसो कचनकवल गाउँपालिका–४ स्थित सुनकोशी चिया बगानबाट सोही स्थानकी ३६ वर्षीया अलिसा शेखलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।
चिया बगानमा लागुऔषध कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय केचनाबाट खटिएको प्रहरी टोलीले शंका लागेर शेखलाई चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकमा पोका पारेको अवस्थामा २ पोका (४० ग्राम ८४० मिलिग्राम) ब्राउनसुगर बरामद भएको थियो ।
उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको झापा प्रहरिले जनाएको छ
Discussion about this post