९ जेस्ठ २०८१ काठमडौ ।
आजदेखि काठमाडौंमा ‘पब्जी मोबाइल सुपर लिग (पीएमएसएल) सेन्ट्रल एण्ड साउथ एसिया स्प्रिङ २०२४’ हुने भएको छ । बुढानिलकण्ठमा १५ जुनसम्म हुने यो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालसहित बङ्गलादेश,पाकिस्तान,सिआईएस, उज्वेकिस्तान, युक्रेन,रसिया र मङ्गोलिया गरि कुल २० रास्ट्रहरुका टिमले सहभागिता जनाउदैछन ।
नेपालबाट ‘डीआरएस गेमिङ’ र ‘होरा ई- स्पोर्ट्स’ सहभागी हुँदैछन् । आयोजकका अनुसार २२ मेदेखि ९ जुनसम्म लिग चरणको खेल हुनेछ । त्यस्तै फाइनल चरणका खेल १३ जुन देखि १५ जुनसम्म चल्नेछ ।यो प्रतियोगितामा शीर्ष चारभित्र पर्ने टिमले ‘पब्जी मोबाइल वर्ल्डकप २०२४’ को समूह चरणमा स्थान बनाउने छन् भने पाँचौं स्थानमा रहने टिमले ‘पब्जी मोबाइल वर्ल्डकप २०२४’ को सर्भाइबल चरणमा खेल्न पाउनेछन् ।
यो प्रतियोगिताको लिग चरणको लागि ४० हजार डलर र फाइनल चरणका लागि एक लाख १५ हजार डलर पुरस्कार राशि राखिएको छ । यसबाहेक हरेक चिकेन डिनर र हप्तासँगै प्रतियोगिताको मस्ट भ्यालुएबल खेलाडीलाई पनि पुरस्कार दिइने बताइएको छ । आयोजकका अनुसार प्रतियोगिताको कुल राशि दुई लाख डलर (करिब दुई करोड ६७ लाख रुपैयाँ) रहेको छ ।
अपरान्ह ४:४५ देखि सुरु हुने खेलको लाइभ ‘पब्जी मोबाइल ई-स्पोर्ट्स साउथ एसिया’को फेसबुक पेज तथा युट्युब च्यानलहरु बाट हेर्न देख्न सकिनेछ ।
Discussion about this post