१जेष्ठ २०८१ बिराटनगर ।
मोरङ्ग प्रहरीले गोली हानेर एक जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
मोरङको रतुवामाई नगरपालिका-६ बाट लागुऔषध ओसार पसारमा संलग्न रहेका १ जना भारतिय नागरीकलाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको हो ।
लागुऔषध खैरो हेरोईनको ओसार पसार भइरहेको छ भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिजुवा मोरङ, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भारतिय नागरीक ३४ बर्षीय भगिरथ हरिजनलाई आज दिउँसो ३ बजे मोरङको रतुवामाई नगरपालिका-६ कादुपाडाबाट नियन्त्रणमा लिएको हो । BR 38Q 3830 नम्बरको मोटरसाईकल चालक हरिजनलाई नियन्त्रणमा लिने क्रममा प्रहरी माथि नै आक्रमण गर्दा १ जना प्रहरी कर्मचारी समेत सामान्य घाईते भएकोले प्रहरीले प्रतिकार स्वरुप २ राउण्ड गोली तिघ्रामा प्रहार गरी नियन्त्रणमा लिएको हो । उनको साथबाट प्रहरीले १४९ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको छ ।
प्रहरीको गोली लागेर घाइते भएका हरिजनको प्रहरीको निगरानिमा मदन भण्डारी अस्पताल मंगलबारेमा उपचार भईरहेको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Discussion about this post