३१ बैशाख २०८१ माङ्ग्सेबुङ्ग ।
ईलामका धेरै जसो स्थानीय तह हरुको वडाहरुमा विद्युती करणको काम धमाधम भइरहेको छ । इलामका स्थानिय तहका वडाहरुमा उज्यालो बनाउने योजना अनुरूप जिल्लाका सबै क्षेत्रमा विद्युत् पुर्याउने लक्ष्य राखेर विद्युतीकरणको काम तीव्रताका साथ भइरहेको हो ।
इलामको दक्षिण पश्चिम झापा सङ्ग जोडिएको गाउपालिका माङ्ग्सेबुङ्ग ४मा अहिले विद्युत विस्तारको कार्य धमाधम भरहेको छ । आव २०७९/८० लाई आधार मानेर दुई वर्षभित्र देशमा शतप्रतिशत विद्युतीकरण गर्ने योजना अनुरुप जिल्लाको अति बिकट मानिने स्थानिय तह माङ्ग्सेबुङ्ग ४ मा पनि बिधुतिकरणको कार्यले तिब्रता पाएको हो । नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रले समेत अहिले जिल्लाको सबैजसो स्थानिय तह मातहतका वडाहरुमा समेत बिजुली पोलहरु विस्तार गर्ने कार्य गरिरहेको हो । जिल्लाभर विद्युत् लाइन विस्तारका लागि प्रयोग भएका सबै काठे पोल समेतलाई विस्थापित गर्दै फलामका पोल राख्दै आएको छ ।
Discussion about this post