३१ बैशाख २०८१ झापा ।
विभिन्न अनलाइन बेटिङ साइटमा सट्टेबाजी गर्ने र क्रिप्टोकरेन्सी कारोबार गर्ने एक जना व्यक्तिलाई काठमडौ उपत्यका प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा काभ्रे मण्डन देउपुर-८ का २४ वर्षीय अनिल ढुंगाना रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए । ढुंगानाले विभिन्न माध्यमबाट २ अर्ब १ करोड रुपैयाँ भन्दा बढीको कारोबार गरेको भन्ने खुलेको उपत्यका प्रहरीको भनाई छ ।
११ वटा कनेक्ट आईपीएसमा ५५ वटा बैंक खाता लिंक गरी ४८ करोड ८० लाख बढी रकम कारोबार गरेको उपत्यका प्रहरीले जनाएको छ । १५ वटा वालेट प्रयोग गरी ५ करोड रुपैयाँ भन्दा बढी रकम कारोबार गरेको, ५६ वटा बैंक खाता प्रयोग गरी ६१ करोड ६४ लाख बढी कारोबार गरेको भेटिएको एसएसपी भट्टराईले जानकारी दिए ।
Discussion about this post