१७बैशाख२०८१झापा।
झापा जिल्ला कै झापा गाउपालिकाको कुमरखोत वडा न:६ मा प्रहरिले गोलि चलाएको छ ।झापा जिल्ला प्रहरी कार्यलयका एक अधिकृत का अनुसार लागू औषध कारोबारिलाई गोलि चलाएर पक्राउ गरिएको जनाएका हुन ।
उनलाई लागू औषध नियन्त्रण ब्युरोको टोलिले गोलि चलाएको हो । भारतको सिमाना सङ्ग जोडिएको झापा गाउपालिकाको कुमरखोतमा भारतबाट लागू औषध बोकेर आउदै गरेका अन्दाजी बर्ष ३० का अब्दुल रसिद मियालाई ब्युरोको टोलिले गोलि चलाएको हो ।
जिल्ला प्रहरी कार्यलय झापाका अनुसार रसिद मियाले ब्युरोको टोलिमाथी आक्रमण गरेपछी ब्युरोको टोलिले गोलि चलाउनु परेको बताए ।प्रहरिले ६ राउन्ड गोलि चलाएको बताईएको हो ।
घटनाको बिस्तृत विवरण अझै आईनसकेको बुझिएको छ ।झापाका एसपी मिलन केसिका अनुसार गोलि साझ ६ बजे चलेको हो
Discussion about this post