२गते बैशाख २०८१झापा ।
झापाको बिर्तामोडमा सम्पन्न भएको अन्तर नगरपालिका स्तरिय तेकवान्दो प्रतियोगितामा दमकका तिनजना तेक्वान्दो खेलाडिहरुले पदक जित्न सफल भएका छन ।
दमकका सगरमाथा तेक्वान्दोका प्रशिक्षार्थिका खेलाडिहरु प्रीन्स राई ,डेन्सु योगि र रेशु धिमालले अन्तरनगर स्तरिय तेक्वान्दोखेल प्रतियोगितामा पदक जित्न सफल भएका हुन ।
सर्बोदय ईङ्ग्लिस बोर्डिङ्ग स्कुलमा अध्यनरत बिधार्थी डेन्सु योगिले ४० के जि तर्फको कास्यपदक जितेकी छिन ।४३ के जि तौल समूह तर्फ को खेलमा प्रीन्स राईले रजत पदक हात पारेका छन । रेशु धिमालले भने ३७ के जि तौल समूह तर्फबाट कास्यपदक जित्न सफल भएकि छिन उनी पनि सर्बोदय अङ्ग्रेजी बोर्डिङ्ममा अध्यनरत बिधार्थी हुन ।
दमकका तिनै जना पद्क बिजेता खेलाडिहरु समर्पित र अब्बल क्षमताका प्रतिभाशालि खेलाडिहरु हुन ।
तिनै जना पदक बिजेता खेलाडिहरुलाई जिल्ला तेक्वन्दो संघ झापाका अध्यक्ष बाबुलाल सुब्बा र बरिस्ठ प्रशिक्षक जितेन मेचे लगायतले पदक तथा प्रमाण पत्र र पुरस्कार बितरण गरेका हुन ।
Discussion about this post