दमक, चैत्र २५, अखिल क्रान्तिकारीको दमक क्याम्पसको १० औं इकाइ सम्मेलन सम्पन्न भएको छ। २५ गते दमक क्याम्पसको सभाहलमा सम्पन्न उक्त सम्मेलनले प्रवीण योगीको अध्यक्षतामा ४५ सदस्यीय इकाइ कमिटि गठन गरेको हो । इकाइ सम्मेलनको अवसरमा कक्षा १२ लाइ बिदाइ साथै विभिन्न सास्कृतिक नृत्य तथा गायन कार्यक्रम सम्पन्न गरेको विद्यार्थी फ्याक्सन इन्चार्ज उमेश खनालले जानकारी दिए ।
इकाइ सम्योजक लक्ष्मी नेपालको अध्यक्षता तथा अखिल क्रान्तिकारी पुर्व केन्द्रिय अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रन्जित तामाङको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न गरिएको उक्त कार्यक्रम रेगन दुतराजले सन्चालन गरेको नवनिर्वाचित इकाइ अध्यक्ष प्रवीण योगीले जानकारी दिए ।
उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र दमक नगर इन्चार्ज बेदु गौतम, नगर अध्यक्ष रबि बस्नेत, नगर सचीव डम्बर बोहोरा, पार्टी नेता तथा दमक क्याम्पस संचालक समिति सदस्य देउ कुमार नेम्वाङ, प्राध्यापक तथा बुद्धिजीवी संगठन प्रदेश अध्यक्ष राधिका ओझा, अखिल क्रान्तिकारी झापा जिल्ला अध्यक्ष रन्जन धमला, उपाध्यक्ष नविन सिटौला, सचीव राजन चापागाईं, पुर्व विद्यार्थी नेता सुर्य लिम्बु, माओवादी केन्द्र कमल अध्यक्ष रबिन गुरुङ, पाटन क्याम्पस इकाइ सहसचिव किसोर मगर, पार्टी जि. स. स. सदस्य सुमित्रा चेलि, नगर कमिटी सदस्यहरु बन्दना नेम्वाङ, गङा धमला, प्रेस चौतारि जिल्ला अध्यक्ष मन कुमार गदाल, स्व. वि. अध्यक्ष सोभिम न्यौपाने, सचिव दिपम लिम्बु, सदस्यहरु, साहित्यिक मन्चका प्रतिनिधि, विभिन्न मित्र संगठनका प्रतिनिधिहरु लगायतको उपस्थितमा सम्पन्न भएको इकाइ सचीव प्रवीण कार्कीले जानकारी दिए।
उक्त सम्मेलनबाट इकाइको इन्चार्ज भिस्महाङ सम्बाहाम्फे(आसिस), उपाध्यक्षहरु मनिस बुढाथोकी, सिसम्पा गुरुङ, सागर थापा, सचिव प्रवीण कार्की, सहसचिव सबिना उप्रेति, अनिस बिस्ट, रेगन दुतराज र कोषाध्यक्षमा प्रयुसा राइ लगायत ४५ सदस्यीय इकाइ कमिटी गठन गरिएको इकाइ इन्चार्ज भिस्महाङ सम्बाहाम्फेले जानकारी दिए।
सम्मेलन समापन पश्चात नवनिर्वाचित इकाइ कमिटिले क्याम्पसका प्रमुख यज्ञराज गिरी( राम) सङ भेटघाट गरि विद्यार्थीको हकहितकोलाइ सदैव अघि बड्ने र क्याम्पसको गरिमालाइ उच्च राख्न अखिल क्रान्तिकारीको पुर्ण सहयोग रहनेगरि छलफल गरिएको इकाइ कोषाध्यक्ष प्रयुसा राइले बताइन् ।
उक्त कार्यक्रममा जिल्ला अध्यक्ष रन्जन धमला, नगर अध्यक्ष रवि बस्नेत, प्राध्यापक राधिका ओझा, प्रमुख अतिथि रन्जित तामाङ लगायतले आफ्नो धारण तथा शुभकामना मन्तव्य राख्नु भएको र मन्तव्यको क्रममा विद्यार्थीले नै राजनीतिमा रुचि राखि देश बनाउन लाग्नु पर्ने बताए ।
Discussion about this post