कसै गरे उठेन फुन् तिम्रो !!
अन्तै कतै छ कि हौ धुन् तिम्रो ??
अब उठ्ला , तब उठ्ला भन्दै गर्छु फोन
साइलेन्टमा राखेको पो छौ कि रिङटोन ?
हेर्न देख्न नपाए नि सुन्न मन् छ बोली
उठाउ फोन बोलिदेउन विन्ती दिल खोली।
कि उठ्दैन, कि व्यस्त फुन् तिम्रो !!
अन्तै कतै अल्झ्यो कि मुन् तिम्रो ??
उठाउँदा फोन काटिदैन तिम्रो खर्चबर्च
न त फोन बाटै तिमीलाई कुनै रोग सर्छ।
न त बोल्दा सकिएरै जान्छ तिम्रो बोली
अचम्म छ के भएको तिम्लाई आजभोलि?
न त उठ्छ, न आउँछ फुन् तिम्रो !!
कुन् आकाशमा उदायो जून् तिम्रो??
पर्खदैछु फनपार्कमा आउन यहीँ भेटौं
एकैछिन यी नयनका तिर्सनालाई मेटौँ।
होइन अरे राम्रो भन्छन् अति निष्ठुर् बन्नु!
बाँकी कुरा आफैं बुझ कति मैले भन्नू !
किन यति बेइमान् फुन् तिम्रो
कति सारै निष्ठुर हौ मुन् तिम्रो !!
Discussion about this post