दमक, जेठ १८ : झापाको कमल गाउँपालिकाले तापक्रममा अत्यधिक बृद्धि भएर गर्मी बढेपछि विद्यालयहरु २ दिन विदा दिएको छ ।
कमलका शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपानेले सूचना निकालेर आगामी वर्षे विदाबाट कट्टा हुनेगरी जेठ १९ र ऐ २१ गते विद्यालय विदा दिन अनुरोध गरेका छन् ।
अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा समेत असर पर्न भएकाले कमल गाउँपालिकाभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख न्यौपानेले जानकारी दिए ।
हेर्नुहोस् सूचनाः
Discussion about this post