दमक, जेठ १८ : झापाको दमक नगरपालिकाले तापक्रममा अत्यधिक बृद्धि भएर गर्मी बढेपछि विद्यालयहरु २ दिन विदा दिएको छ ।
दमकका शिक्षा शाखा प्रमुख प्रविण खड्काले सूचना निकालेर आगामी बर्खे विदाबाट कट्टा हुनेगरी जेठ १८ र १९ गते विद्यालय विदा दिन अनुरोध गरेका छन् ।
अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा समेत असर पर्न भएकाले दमक नगरपालिकाभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको साथै पूर्वनिर्धारित परीक्षा लगायतका अन्य कार्यक्रमहरु यथावत रुपमा सञ्चालन हुने शिक्षा शाखा प्रमुख खड्काले जानकारी दिए ।
हेर्नुहोस् सूचनाः
Discussion about this post