मेचीनगर, १९ जेष्ठ : झापाको मेचीनगरबाट चर्च तथ्याङ्क संकलन सुरु भएको छ । बाहुण्डाँगी चौकीले हिजोबाट सुरु गरेको उक्त धार्मिक स्थल भवनहरुको स्थापना कहिले, कहाँ र धार्मिक पूजारीको बारेमा र डाटा तथ्याङ्क संकलन गरिएको स्थानिय बाहुँण्डागी चौकीका सहायक हवलदार श्याम माझीले जानकार गराएको हो ।
बाहुँण्डागी चौकीका सहायक हवलदार माझीका अनुसार मेचीनगर ४ मा मन्दिर ३ वटा र चर्च भवन २ वटाको तथ्याङ्क संकलन भएको छ।
मेचीनगर ४ बाहुण्डाँगी चौकीले पछिल्लो समयहरुदेखि नै प्रत्येक वर्ष चर्च तथ्याङ्क संकलन गर्दै आएको छ तर स्थानीय ख्रीष्टियन धर्मावलम्वीहरुको भनाई अनुसार खास कारण भने आफूहरुले थाहा नभएको बताए ।
चर्च भवनहरुको तथ्याङ्क डाटा संकलन गर्नु पर्ने र यो माथिल्लो निकायबाटको आदेश भएतापनि खासगरी हामीलाई गुम्बा र मन्दिर बाहेक चर्च भवनहरुको मात्र तथ्यांक डाटा लिनुपर्ने हवल्दार श्रीप्रसाद चौधरीको भनाई थियो। सो चर्च भवनहरुलाई मात्रै पटक पटक अनुगमन र फोनसंचार माध्यमद्वारा सोधिराख्नुको मुख्य यथार्थ भने प्रशासन निकायले खुलाएको छैन।
देशैभरिका जिल्ला र वडाहरुमा ख्रीष्टियन धार्मिक आस्था समूदायहरुका स्थापित निर्मित चर्च भवनहरुको तथ्यांक लिदै आएको छ।
Discussion about this post