सयपत्री हाइड्रोपावरले शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुल्ला गरेको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता निष्कासन गरेको हो । जसमध्ये ३६ हजार ५३ कित्ता सामूहिक लगानी कोष र १४ हजार ४२१ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ ।
बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिनसक्ने कम्पनीले जानकारी गराएको छ । साउन १७ गतेसम्म आवेदन दिन पाइनेछ ।
आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै, मेरोशेयर वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिनेछ।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
Discussion about this post