दमक – गायिका टीका प्रसाईंको स्वरमा नयाँ गीत ‘तिमी बिना’को भिडियो सार्वजनिक भएको छ । विभिन्न आधुनिक, सेमी-क्लासिकल, लोकभाका, डान्सिङ्ग नम्बर आदि धेरै गीतहरु ल्याएर चर्चा पाएकी प्रसाईंले यसपटक भने गजललाई गीतको माध्यम बनाएर आएकी हुन्।
सार्वजनिक भएको गजलमा गणेश श्रेष्ठको शब्द, सन्तोष दुमेको संगीत तथा आदेश गुर्माचनले एरेञ्ज रहेको छ । राजु कार्कीको मिक्सिङ र मास्टरिङ रहेको यस गजललाईे किङ स्टुडियामा रेकर्ड भएको हो । भने रेकर्डिङ मनोज साङसोङ र सुरेश राईले गरेका छन्। उनको उक्त गजल टिका कै युट्युब च्यानल टिका प्रसाईंबाट सार्वजनिक भएको हो ।
भिडियो :















Discussion about this post