गौरादह – चट्याङ लागेर आइतवार दिउँसो झापाको गौरादह नगरपालिका ५ की एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह ५ की ४० बर्षीया मन माया थापा रहेको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ ।
आइतवार दिउँसो १ बजे घर नजिकै काम गरिरहेको अवस्थामा हावाहुरी र पानी संगै परेको चट्याङले लागेर घाईते उहाँको उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
Discussion about this post