मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

दूधेमा स्थानीय सञ्चार नीतिमा समेटिनुपर्ने विषयबारे कार्यशाला सम्पन्न

दमक पोष्ट by दमक पोष्ट
२०७९ असार १७, शुक्रबार २१:४६
in कोशी प्रदेश, समाचार
0
दूधेमा स्थानीय सञ्चार नीतिमा समेटिनुपर्ने विषयबारे कार्यशाला सम्पन्न
166
SHARES
519
VIEWS
Spread the love

दूधे । स्थानीय सञ्चार नीतिमा समेटिनुपर्ने विषयहरुको कार्यशाला शुक्रबार शिवसताक्षीको दूधेमा सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र शिवसताक्षी नगरपालिकाको सहकार्यमा भएको कार्यशालाको उद्घाटन प्रमुख अतिथि पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लीलाबल्लभ घिमिरेले गरेका थिए ।

पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यशालाको सहजीकरण महासंघ प्रदेश १ का महासचिव विवेक गौतमले गरेका थिए । कार्यशालामा ५२ जनाको सहभागिता रहेको थियो ।

महासंघ प्रदेश १ का अध्यक्ष घिमिरेले सरोकारवालाबीचको बृहत छलफलबिनै ल्याइने सञ्चार कानून मान्य नहुने बताएका छन् । कतिपय स्थानीय सरकारले पत्रकार महासंघसहित सरोकारवालाहरुसँग छलफलबिनै कानून ल्याउन लागेको विषयप्रति ध्यानाकर्षण भएको बताउँदै घिमिरेले महासंघले सशक्त खबरदारी गर्ने बताए । उनले प्रेसलाई अंकुश लगाउनेभन्दा पनि पत्रकार र सञ्चारमाध्यमको प्रबद्र्धनमा टेवा पुग्ने सञ्चार नीति बन्नुपर्नेमा जोड दिए । हरेक पालिकाले संस्थागत रुपमा पत्रकार महासंघसँग सहकार्य गर्ने हो भने सञ्चारमैत्री र समृद्ध सञ्चार नीति बन्ने अध्यक्ष घिमिरेले बताए । स्थानीय सञ्चारमाध्यम, स्थानीय सञ्चारकर्मी, स्थानीय भाषा लगायतका विषयमा कानून बनाउँदा नै स्थानीय सरकारले उनीहरुको विकास र प्रबद्र्धनमा टेवा पुग्ने गरी व्यवस्था गर्नुपर्ने घिमिरेको सुझाव छ ।

कार्यशालाको सहजीकरण गर्दै महासंघ प्रदेश १ का महासचिव गौतमले सूचनाको हकको रक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, स्थानीय पत्रकार र सञ्चारमाध्यमको विकास र प्रवद्र्धनमा टेवा पुग्ने सञ्चार नीति स्थानीय सरकारले बनाउनुपर्ने बताए । नयाँ कानूनको अभावमा सञ्चार क्षेत्रमा संघीयताको अनुभूति नभएको उनले बताए । कानून बनाउदा सञ्चार क्षेत्रमाथि अंकुश लगाउने नभई विकास र प्रबद्र्धनमा टेवा पुग्ने तथा साझेदारी मोडलको हुनुपर्नेमा गौतमको जोड छ ।

प्रेस स्वतन्त्रता विरोधी तथा स्थानीय सञ्चारमाध्यम र पत्रकारको प्रबद्र्धन तथा विकासमा टेवा पुग्ने कानून नआए महासंघले सशक्त खबरदारीसँगै दवाब र आवश्यक परे आन्दोलन पनि गर्ने उनले बताए । उनले सञ्चार नीति र कानून बन्दा सञ्चार सम्बद्ध सबै सरोकारवालाबीच अनिवार्य छलफल गर्नुपर्नेमा जोड दिए ।

पत्रकार महासंघ झापाका अध्यक्ष गिरीले स्थानीय सरकारले सञ्चार सम्बन्धी कानून र नीति बनाउन शुरु गर्नु सकारात्मक भएको बताउँदै उक्त कार्यको लागि महासंघसँग पालिकाहरुले सहकार्य गर्न जरुरी रहेको बताए । स्थानीय सरकारले सञ्चार नीति बनाउँदा पत्रकार र सञ्चारमाध्यमलाई प्रतिबन्ध लगाउने खालका बनाउन नहुनेसहित तीन वटा कुरामा अध्यक्ष गिरीको जोड छ । स्थानीय पत्रकार र सञ्चारमाध्यमको विकासमा सहयोग पुग्नेगरी सञ्चार नीति बनाइनुपर्ने, सञ्चार नीतिले स्थानीय तहको विकास र गतिविधिमा पत्रकार र सञ्चारमाध्यमहरुले सहयोग गर्न सक्ने वातावरण तयार गर्नुपर्ने गिरीले बताए ।

कार्यशालामा महासंघ प्रदेशका कोषाध्यक्ष विमल लामिछाने, कार्यसमिति सदस्य लीलाराज झापाली, विष्णु सुब्बा, प्रेस युनियनका उपाध्यक्ष गिरीराज भट्टराई, प्रेस चौतारीका प्रतिनिधि उमानाथ भण्डारी, समाजवादी प्रेस संगठनका अनिलदेव राई, मिडिया नेपालका अध्यक्ष रञ्जित प्रसाईं, नारी सञ्चार गृहकी अध्यक्ष भीमा शिवाकोटी, स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष तथा मिडिया एक्सनका प्रदेश संयोजक नरेन्द्र ढकाल, प्रेस क्लव शिवसताक्षीका अध्यक्ष सेलिङ केसी तथा पत्रकारहरु प्रेम राई, लीला अनमोल, चिरञ्जिवी घिमिरे, चुडामणि तिम्सिना, दिलीप घिमिरे, चन्द्रकान्त ढकाल लगायतले विभिन्न सुझाव राखेका थिए ।

महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले स्वागत र सचिव डिकेश लामाले कार्यक्रमको सञ्चालन गरेका थिए । स्थानीय सरकारले बनाउने सञ्चार सम्बन्धी ऐन तथा नीति निर्माणमा सहयोग पुग्नेगरी महासंघले कार्यशालामा आएका सुझावहरुलाई पालिकाहरुमा पेस गर्न सहसचिव अर्जुन राजवंशीसहितलाई जिम्मेवारी दिएको छ ।

स्थानीय नीति तथा कानून बनाउने विषयमा जनप्रतिनिधिहरु स्पष्ट हुनुपर्ने, पत्रकारको क्षमता विकास र महासंघको संस्थागत विकास तथा स्थानीय सञ्चारमाध्यमको प्रबद्र्धनमा स्थानीय सरकार गम्भीर हुनुपर्ने, पत्रकारितामा महिलालाई प्रोत्साहित गर्नुपर्ने, स्थानीय सूचना अनिवार्य रुपमा स्थानीय सञ्चारमाध्यममा प्रकाशन/प्रशारणको व्यवस्था गरिनुपर्ने, स्थानीय तहमा बन्ने आमसञ्चार समन्वय तथा परामर्श समितिमा विज्ञ र स्वतन्त्र व्यक्तिलाई राख्नुपर्ने, अन्य सञ्चारमाध्यम झैं अनलाइनलाई पनि स्थानीय तहमा नै दर्ता गर्नुपर्ने, निर्देशनात्मक र हुकुमी शैलीभन्दा पनि आग्रह, समन्वय र सहकार्यको भावना सञ्चार नीतिमा झल्किनुपर्ने सुझाव सहभागीले राखेका छन् ।

पत्रकार महासंघ र स्थानीय सञ्चारसम्बद्ध सरोकारवालासँग छलफल नगरी लाखौं खर्च गरेर एनजीओले बनाउने सञ्चार सम्बन्धी कानून आफूहरुलाई मान्य नहुने भन्दै सहभागी सञ्चारकर्मीले सरोकारवालासँग छलफल, समन्वय र सहकार्यका लागि स्थानीय सरकारहरुलाई आग्रह गरेका छन् ।

स्थानीय सञ्चार नीतिमा समेटिनुपर्ने विषयबारे कार्यशाला


Spread the love
Previous Post

महेन्द्र रत्न मा .वि. मा विभिन्न जातका फूलका बिरुवाहरू रोप्ने कार्य सम्पन्न (फोटो फिचर सहित)

Next Post

एनआईसी बैंकको मोबाइल एप नेपाल टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन सकिने

सम्बन्धित समाचार

माईकल आईकनको ताज स्नेहा र सोहनलाई जुनियरमा नुनिवा र आशिका चम्किए ।
समाचार

माईकल आईकनको ताज स्नेहा र सोहनलाई जुनियरमा नुनिवा र आशिका चम्किए ।

२०७९ असार १७, शुक्रबार २१:४६
पहिलो पाईला नेपाल कमल शाखाद्दारा दिप प्रज्वलन ।
समाचार

पहिलो पाईला नेपाल कमल शाखाद्दारा दिप प्रज्वलन ।

२०७९ असार १७, शुक्रबार २१:४६
सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०७९ असार १७, शुक्रबार २१:४६
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०७९ असार १७, शुक्रबार २१:४६
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०७९ असार १७, शुक्रबार २१:४६
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०७९ असार १७, शुक्रबार २१:४६
Next Post
एनआईसी बैंकको मोबाइल एप नेपाल टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन सकिने

एनआईसी बैंकको मोबाइल एप नेपाल टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन सकिने

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!