दमक । अमेरिकामा रहेको एल आईसि संस्थाले भुटानी शरणार्थी शिविरमा रहेको भुटानी शरणार्थी अपाङ्ग संघका लागि कार्यलय ब्यबस्थापन र त्यहा कार्यरत २ कर्मचारिका लागि भनेर मंगलबार १ लाख २१ हजार रुपैया आर्थिक सहयोग गरेको छ ।
एल आईसिका अध्यक्ष मेघ सुबेदिको पहलमा अमेरिका निवासी सिजल र उनकी बहिनिले उक्त रकम सहयोग गरेको बताइएको छ ।
उक्त सहयोग रकम हस्तान्तरण कार्यक्रममा भुटानी शरणार्थीका समाजसेवी एबम गरिबका भगवान अबि अधिकारि सुबेदिले हालसम्म भुटानी शरणार्थी शिविरमा रहेका अपाङ्ग र वृद्ध आमाबुवालाई सहयोग गरेको जानकारी दिएका छन । सोही कार्यक्रममा समाजसेवि अधिकारिले अब प्रत्येक ३/३ महिनामा उक्त सहयोग रकम मेघ सुवेदी मार्फत उपलब्ध गराउने जानकारी समेत गराएका छन । उक्त रकम अपाङ्ग संघका कर्मचारिहरुलाई हस्तान्तरण गरेका थिए ।
Discussion about this post