दमक – दमक उद्योग बाणिज्य संघले झापाको दमकमा बिहिबारबाट रोजगार मेलाको आयोजना गर्ने भएको छ । सर्वसाधरणहरुलाई रोजगार सम्बन्धी सचेतना दिने उद्देश्यले एक दिने मेलाको सम्पूर्ण तयारी पूरा भएको मंगलबार आयोजित पत्रकार भेटघाटमा दमक उद्योग वाणिज्य संघले जनाएको छ ।
दमक नगरपालिकाको सहयोग तथा संघ अन्तर्गतको मेला, महोत्सव उपसमितिले मंगलवार पत्रकार सम्मेलन गरि रोजगार मेलाको तयारी पूरा भएको रोजगार मेला मूल आयोजक समितिका संयोजक भरत चम्लागाईले बताएका छन् ।
दमक ८ स्थित कस्मिक पार्टी प्यालेसमा हुने मेलामा रोजगार दाता तथा विभिन्न उद्योग ,प्रतिष्ठानका उद्यमीहरुको सहभागिता रहने छन् । उनका अनुसार रोजगार मेलामा विभिन्न रोजगारीको सन्दर्भमा अन्तरकृया समेत गरिने छ । यस्तै राष्ट्रिय पुरस्कार प्राप्त दमककै कृषि उद्यमी सुदिप गौतमले पनि कार्यक्रममा आफ्नो अनुभव सुनाउने कार्यक्रममा बताईयो ।
दमकमा यस किसिमको रोजगार सम्बन्धी मेला पहिलोपटक आयोजना हुदैं छ । यसैवीच, रोजगार मेला सफलतापूर्वक सम्पन्न गर्न सघाउँ पुरयाउँन संघले एक दर्जन विभिन्न आवश्यक उपसमितिहरु गठन गरिएको छ ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष गोकुल श्रेष्ठ लगायत मेलाका बारे जानकारी दिएका थिए । रोजगार मेला भव्यताका रुपमा सम्पन्न गर्न जसअन्तर्गत चम्लागाईको संयोजकत्वमा पाँच सदस्यीय सचिवालय उपसमिति गठन गरिएको छ ।
बैठकले मिन मगरको संयोजकत्वमा साउण्डसेट तथा स्टेज व्यवस्थापन उपसमिति, रमा लिम्बूको संयोजकत्वमा उद्घाटन तथा समापन समारोह व्यवस्थापन, गोपाल गुरागाईको संयोजकत्वमा अतिथि सत्कार, मोहन ढकालको संयोजकत्वमा खाजा व्यवस्थापन, प्रकाश अधिकारीको संयोजकत्वमा अन्तरक्रिया, जीवन चुडाँलको संयोजकत्वमा सञ्चार व्यस्थापन र नगरपालिकाका नगर प्रमुखको संरक्षकत्वमा अनुगमन तथा निर्देशन उपसमिति समेत गठन गरिएको जनाइएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा सार्क चेम्बरअप कमर्शका उपाध्यक्ष चण्डिराज ढकालको प्रमुख आतिथ्यतामा हुने रोजगार मेलामा उद्योग संगठन मोरङका उपाध्यक्ष भोलेश्वर दुलाल लगायतका उद्योग, व्यवसायीका नेताहरु, विभिन्न रोजगारदाताका प्रतिनिधिहरुको उपस्थिति रहने जनाइएको छ ।
पत्रकार सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाई, प्रथम उपाध्यक्ष राजु खड्का, तृतीय उपाध्यक्ष रमा लिम्बू, सदस्यहरु चन्द्र खत्री ,लक्की सिटौला, रुवल अधिकारी,दिनेशप्रसाद सुवेदी लगायतको उपस्थिति रहेको थियो ।
अनलाइन फारम भर्न तलको लिंक मा थिच्नु होला ।
Discussion about this post