शिबसताक्षी – झापाको शिबसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभूत विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा पत्रकार गोविन ल्वागुन निर्वाचित भएका छन् । विद्यालय व्यस्थापन समितिको अध्यक्षमा पत्रकार ल्वागुनसहित अशोक शेर्मा, इन्द्रकुमारी राई, कमल पाण्डे, प्रेम रोक्का, भूवन कुमारी शेर्मा छन् ।
त्यस्तैं, व्यबस्थापन समितिका सदस्यहरुमा शिक्षक प्रतिनिधि रेणुका राई, पदेन सदस्यमा शिबसताक्षी–७ का वडा अध्यक्ष भवानी बिक्रम चेम्जोङ र सदस्य सचिवमा विद्यालयका प्रधानध्यापक बेणु कार्की छन् ।
नेकपा (एकीकृत समाजवादी) सम्बद्ध समाजवादी प्रेष संगठन झापाका सहसचिव, सताक्षी प्रेष कल्बका उपाध्यक्ष, सक्रिय पत्रकार सञ्जाल दमकका कार्यसमिति सदस्य, सताक्षी साप्ताहिक खबर पत्रिका र हाम्रोसरोकार डटकममा कार्यरत पत्रकार ल्वागुन यसअघि विद्यालयको उन्नती र विकासमा सक्रिय छन् ।
सोही विद्यालयमा कखरा सुरु गरेका पत्रकार ल्वागुनले विद्यालयमा यसअघि विद्यालय व्यवस्थापन समिति सदस्य र विद्यालय शिक्षक र अभिबाहक समितिमा नेतृत्वदायी भूमिकामा थिए ।
२०३० सालमा स्थापना भएको सो विद्यालयमा नर्सरीदेखि कक्षा ८ सम्म अंग्रेजी माध्यमद्वारा पठन पाठन भइरहेको नवनिर्वाचित अध्यक्ष ल्वागुनले जानकारी दिनुभयो ।
Discussion about this post