काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले मलेसिया प्रस्थान गर्ने यु-१९ महिला क्रिकेट टिमको बिदाइ गरेको छ ।
क्यानले यसअघि नै विश्वकप छनोटका लागि १७ खेलाडी छनोट गरेको थियो । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने विश्वकपको छनोटका लागि नेपाली टिम मलेसिया प्रस्थान गर्दै छ ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल र कोषाध्यक्ष रोशनकुमार सिंह लगायतले खेलाडीलाई बिदाइ गरे । छनोटमा नेपालसँगै मलेसिया, यूएई, थाइल्यान्ड, चीन, भुटान, म्यानमार र कतार सहभागी हुन् ।
Discussion about this post