काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले अबदेखि हेलिकप्टरमा २ जना पाइलट अनिवार्य रहनु पर्ने व्यवस्था गरेको छ । साना ठूला सबै हेलिकप्टरमा २ पाइलट राखेर मात्र उडाउन पाइने व्यवस्था गरिएको प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले बताउनुभयो यो नियम १७ असार (९ जुलाई) देखि लागू हुने उहाँको भनाइ छ ।
हालसम्म हेलिकप्टरमा १ जना पाइलटले यात्रु बोक्ने गरी सञ्चालन भइरहेको छ । तर अब भने साना हेलिकप्टरमा समेत २ जना पाइलट अनिवार्य राख्नु पर्ने निर्णय गरिएको छ ।















Discussion about this post