कमल – झापाको कमल गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमणपत्र वितरण गरिएको छ ।
गत बैशाख ३० गते सम्पन स्थानिय तह सदस्य निर्वाचन २०७९ मा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सोमबार एक कार्यक्रमका बिच प्रमाणपत्र वितरण गरिएको छ । कमल गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा निर्वाचन अधिकृत प्रकास गौतमले गाउँपालिकका अध्यक्ष हुकुम सिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने (तिवारी)लाई निर्वाचित भएकोमा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
त्यस्तै गाउँपालिकाको वडा नम्वर १ देखी ७ सम्मका क्रमश केदार कटुवाल, अशोक सुब्बा, अग्निप्रसाद कोईराला, चन्द्र प्रसाद भट्टराई, लाल बहादुर विष्ट, नरेन्द्र भट्टराई र पृथ्वीपति राई लगायत २८ जना सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
Discussion about this post