दमक – स्वास्थ्यकर्मी तथा युवा नेता चन्द्र थापाको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी) दमक १ मा ५१ सदस्यीय वडा कमिटी गठन भएको छ । नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीद्वारा दमक १ मा वडा स्तरीय भेलाको आयोजना गरेर थापाको नेतृत्वमा वडा कमिटी गठन भएको हो ।
सो कमिटीको उपाध्यक्षद्धयमा सौरभ भट्टराई, जमुना लिम्बू, सचिबमा आयुष्मान पोख्रेल, उपसचिवद्धयमा सन्देश घिमिरे र प्रविना घिमिरे छन् । त्यस्तैं, सो कमिटीका सदस्यहरुमा केशब भुर्तेल, अशोक पोख्रेल, गम्बिरलाल खवास, कमल लिम्बू, आयुष्मा पोख्रेल, जगत धमाल, दिलिप निरौला लगायत छन् ।
राजु भट्टराईको अध्यक्ष्तामा भएको कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य केन्द्र प्रसाईको प्रमुख आतिथ्यतमा र प्रदेश कमिटी सदस्य भरतबाबु कार्की र शान्तिराम आचार्यको विशिष्ट आतिथ्यतामा वडा स्तरीय भेला सम्पन्न भएको थियो ।
सो भेलापछि गठन भएको कमिटीलाई दमक नगर कमिटी इन्चार्ज हरि नेपाल, अध्यक्ष महेश घिमिरे, जिल्ला सदस्य भीम दाहाल, टिका प्रसाई, कमल कटुवाल, शषि पौडेल, दमक नगर उपाध्यक्ष बिराट जबेगु, अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष रोशन भण्डारी, अनेरास्ववियू केन्द्रीय सदस्य मदन गुरुङ, युवा संघ झापाका उपाध्यक्ष प्रवल भण्डारी, अनेरास्ववियू दमक बहुमुखी क्याम्पसका अध्यक्ष आयुष्मान पोख्रेल, प्रेम भुजेल, सौरभ भट्टराई लगायतयको उपस्थिति थियो ।
Discussion about this post