काठमाडौं । चर्चित अभिनेत्री रेखा थापा विवाह बन्धनमा बाँधिएकी छन् । रेखाले केही दिनअघि बलराम शाहीसँग कोर्ट म्यारिज गरेकी हुन् ।
उनीहरूले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन् । अहिले अमेरिका बस्दै आएका शाही र रेखाबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ ।
रेखा चलचित्र अभिनय, निर्माणसँगै सामाजिक कार्यमा समेत सक्रिय छिन् । अभिनेत्री थापा हाल राजनीतिमा सक्रिय छिन् । उनी गएको मंसिरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा उठेर पराजित भएकी थिइन् ।
Discussion about this post