कमल । झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसिज २०२२ को अध्यक्षमा नारायण बस्नेत निर्वाचित भएका छन् ।
कमलनगर जेसिजमा सन् २०१७ सालदेखि सक्रिय हुँदै आएका निवर्तमान अध्यक्ष बस्नेत २०१७ मा सदस्य, २०१८ मा उपाध्यक्ष, २०१९ मा कार्यकारीणि उपाध्यक्ष, २०२० मा उपाध्यक्ष, २०२१ मा प्रमुख सल्लाहकार र २०२२ मा अध्यक्ष बन्न सफल भएका छन् ।
बस्नेत सगै अध्यक्षका उमेद्वार बन्नुभएका उमेद्वारद्वयहरु तिलरुपा सुवेदी दाहाल र रेजु कार्कीले वहाँलाई समर्थन गर्दै आफ्नो उमेद्वारी फिर्ता लिएपछी बस्नेत सर्व सम्मत अध्यक्षतामा निर्वाचित भएका हुन् ।
आज बुधबार सम्पन्न भएको साताैँ वार्षिक साधारणसभाबाट कार्यकारिणी उपाध्यक्षद्वयमा देवराज भण्डारी (महेश) र विद्या सापकोटा, उपाध्यक्षहरुमा लोक बहादुर खड्का, रोशन गौतम, प्रभात मण्डल, हरि अधिकारी निर्वाचित भएका छन् ।
यस्तैं, कमलनगर जेसिजको तालिम निर्देशकमा मनिषा कठयेत र जनसम्पर्क अधिकारीमा दिनेश चौहान निर्वाचित भएका छन् ।
Discussion about this post