भोजपुर । भोजपुर जिल्लाको भोजपुर नगरपालिका अन्र्तगतका सम्पूर्ण संस्थागत र सामूदायिक विद्यालयहरु बन्द हुने भएका छन् ।
भोजपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखाको माघ ९ गतेको नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार यही माघ १५ गतेदेखि माघ २९ गते मसान्तसम्मको लागि लागु हुने गरी सम्पूर्ण विद्यालयहरु बन्द हुने सूचना नि.प्रमुख प्रशासकीय अधिकृत मुकुन्द राईको हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ ।
Discussion about this post