झापा । झापाको दमक नगर इसाई समाजले आज मंगलबार १ सय १२ वर्षिय वृद्धा आमालाई सम्मान गरेको छ ।
दमक नगर ईसाई समाजले धर्मशास्त्रको दिब्यबाणी वचन ‘बृद्ध बृद्दाहरुको सम्मानमा उठ’ भन्ने बचनको सन्देशलाई पुर्ण पालन गर्दै उदयपुरको रामपुर निवासी १ सय १२ वर्षिय वृद्धा आमा देशमाया थुलुङलाई उहाँको निवासमा दोसल्ला तथा अभिनन्दनपत्र, नगद साथै जिन्सी सामाग्रीहरु सहित सम्मान गरिएको छ ।
उक्त सम्मान कार्यक्रममा कार्यक्रम संयोजक पास्टर राजकुमार राई, अर्थ संयोजक पास्टर दावा शेर्पा, पास्टर मुक्ति किराँती थुलुङ, पास्टर आकाश थुलुङ राई साथै पास्टर किशोर सुनुवार लगायतको उपस्थिति रहेको थियो।
Discussion about this post