शिबगञ्ज – झापाको शिबसताक्षी–६ शिबगञ्जस्थित वडा कार्यालयले वडामा कार्यरत स्वास्थ्य स्वयमसेबिकाहरुलाई आज एक कार्यक्रमबीच हिउँदमा लगाइने न्याँनो कपडा वितरण गरिएको छ । वडा नं. ६ को वडा कार्यालयले आफ्नो वडाका तीन जना स्वास्थ्य स्वंयमसेबिकाहरुलाई न्याँनो कपडा वितरण गरिएको वडा अध्यक्ष मनोज खुलाल कार्कीले जानकारी गराउनुभयो ।
वडा अध्यक्ष कार्कीका अनुसार वडा कार्यालयले (साविक शिबगञ्ज–१, २, ३) आ–आफ्नो वडाहरुमा कार्यरत स्वंयमसेबिकाहरुलाई कार्यक्षेत्रमा थप सक्रियता बनाउदैं प्रोत्साहन वापत ज्याकेट र जुत्ता वितरण गरिएको हो । यसरी ज्याकेट र जुत्ता पाउनेहरु स्वंयमसेबिकाहरुमा गायत्रा मैनाली, कमला गुरागाई र देबी चौहान रहेका छन् । अध्यक्ष कार्कीले स्वयमसेबिकाहरुको क्षमता अभिबृद्धि गर्न वडा कार्यालयले यसअघि साइकल, ब्याग र छाता बितरण गरिसकेको बताउनुभयो ।
सो कार्यक्रममा वडा सदस्य लक्ष्मी प्रसाद गुरागाई, बद्रीनाथ खनाल सहित वडा सचिव बिमल बास्कोटा, कार्यालयका कर्मचारी अनिता चौधरी, बुद्धमाया (दाहाल) भेटुवालको समेत उपस्थिती रहेको थियो ।
Discussion about this post