काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार नेपालको पुँजीबजार उच्च अंकले बढेको छ। गत साताको अन्तिम कारोबार दिन बुधबार ५.५१ अंकले बढेर बन्द भएको सेयर बजारमा आज उच्च अंकको वृद्धि भएको हो। आज पुँजीबजार मापक परिसूचक ‘नेप्से’ ६०.४१ अंकले बढेर २५८४.९१ विन्दुमा उक्लिएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज कूल चार अर्ब १२ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २४० वटा कम्पनीका ७१ लाख ६० हजार ९८३ कित्ता सेयर ५३ हजार १२२ पटक किनबेच भएका थिए।
कारोबार भएकामध्ये १६८ वटा कम्पनीको सेयर मूल्य बढेको छ। चार कम्पनीको मूल्य स्थिर रहँदा बाँकी कम्पनीको सूचक नकारात्मक बनेको छ।
यसैगरी ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १०.७७ अंकले बढेर ४८२.०१ विन्दुमा उक्लिएको छ।
ज हिमालयन डिस्टिलरी लिमिटेड, मध्य भोटेकोशी जलविद्युत् कम्पनी र सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभल नजिक पुगेका थिए। गोर्खा फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ५.१२ प्रतिशतका दरले गुमाएका छन्।
आज हिमालयन डिस्टिलरी लिमिटेडको सेयर सबैभन्दा धेरै ४४ करोड ९४ लाख दुई हजार रुपैयाँ बराबरको कारोबार भएको छ। नेपाल बंगलादेश बैंकको सेयर सबैभन्दा धेरै चार लाख ५६ हजार ७२७ कित्ता कारोबार भएको छ। नबिल बैंकको सेयर सबैभन्दा धेरै चार हजार ७६२ पटक किनबेच भएका थिए।














Discussion about this post