दमक/ झापाको झिलझिलेमा यहि मंसिर २६ गते आइतबार विहान खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । पारिजात बहुउद्देश्यीय सहकारी संस्थाको समुद्घाटनको अवसर पारेर झिलझिलेमा रक्तदान गर्ने भएको हो ।
स्थानीय युवा व्यवसायी र सामाजिक अगुवाहरुले झिलझिले बजारमा पारिजात बहुउद्देश्यीय सहकारी संस्था स्थापना गरेका अवसरमा विधिवत उद्घाटन सहित रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष पुष्पराज अधिकारीले जानकारी गराए । खुल्ला रक्तदान कार्यक्रममा दमकस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोग रहने छ । उक्त कार्यक्रममा शिवसतासी नगरपालिकाका नगर प्रमुख चन्द्र कुमार शेर्मा आउने संस्थाका अध्यक्ष अधिकारीले बताउनुभयो ।
Discussion about this post