रामेछाप । दशै तिहार र छठ पर्वको उपलक्ष्यमा सम्पुर्ण उमाकुण्ड बासी शिक्षक, विद्यार्थी र अभिभावक वर्गहरूमा हार्दिक मंगलमय शुभकामना सहित उमाकुण्ड गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरू एक महिनाको लागि विदा दिने भएको छ ।
दशै तिहारको अवसरमा दशैको दश दिन, तिहारको पाँच दिन र बाकी अन्य विदासंग मिलाउने गरि असोज २३ गतेदेखि कात्तिक २७ गतेसम्म विद्यालय विदा दिन लागेको छ ।
साथै दशै तिहार र छठ पर्वको अवसरमा विद्यालय एक दिन भव्य संस्कृति र शुभकामना आदानप्रदान कार्यक्रम सञ्चालन गर्न उमाकुण्ड गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले सूचना जारी गरिएको छ ।
कोभिडको कारण लामो समय विद्यालय बन्द हुदा देशव्यापी रूपमा विद्यार्थीको पठनपाठन ठप्प भएको थियोे । राज्यले बैकल्पिक माध्यमबाट सिकाइ सहजीकरण गर्ने निर्देशन बमोजिम उमाकुण्ड गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरू साउन देखि बैकल्पिक रूपमा सिकाइ सहजीकरण भएको र भदौ १५ गतेदेखि भौतिक रूपमा नै पठनपाठन भएको हुदा दशै अगाडि नै प्रथम त्रैमासिक परीक्षाको मूल्यांकन परीक्षा सञ्चालन गरिरहेका छन् ।
विदाको समयमा विद्यार्थीको घरमा पढ्ने र सिक्ने बानीको विकास गर्न विदाको अघिल्लो दिन सबै विद्यार्थीलाई विद्यालयमा बोलाई गृहकार्य दिन निर्देशन दिएको छ ।
उमाकुण्ड गाउँपालिकाको आ.ब. २०७६/०७७ का शिक्षा नीति तथा कार्यक्रममा उमाकुण्ड भित्र सातवटा माद्यामिक विद्यालयमा स्काउट कार्यक्रम सञ्चालन गर्न बजेट छुट्याइएको छ ।
जस अन्तर्गत गत आ.ब. मा सिद्धेश्वर मावि बाम्ती, चण्डेश्वरी मावि प्रिती र कैलेश्वर मावि गुप्तेश्वरमा उक्त कार्यक्रम सञ्चालन गरिएको थियोे । यस बर्ष महालंगुर मावि गुम्देल, जनता मावि कुबुँ, सरस्वती मावि सेतुधारा र कास्थेम मावि भुजी स्काउट कार्यक्रम सञ्चालन गरि त्यसलाई थप प्रभावकारी बनाउन व्यवस्थापन खर्च स्वरूप प्रत्येक माविलाई एक लाख पचास हजारका दरले बजेट विनियोजन गरिदिएको शिक्षा युवा तथा खेलकुद शाखाको प्रा.स. ङावा शेर्पाले बताउनुभयो । प्रारम्भिक चरणमा रहेका विद्यालयमा विद्यार्थी र स्काउट शिक्षक छनोट गरि दुई दिने आधारभूत स्काउट तालिम पनि सञ्चालन गरिरहेको छ । सो कार्यक्रम अन्तर्गत असोज १५ र १६ गते महालंगुर मावि गुम्देल, असोज २० र २१ गते जनता मावि कुबुँ, असोज २२ र २३ गते सरस्वती मावि सेतुधारा र असोज २४ र २५ गते कास्थेम मावि भुजीमा उक्त तालिम सञ्चालन हुदैछ ।
हाल सामाजिक सञ्जालको बढ्दो प्रयोग भइरहेको समयमा उमाकुण्ड गाउँपालिकाले सामाजिक सञ्जालको सान्दर्भिकतालाई मध्यनजर गर्दै फेसबुक मार्फत आफ्नो कार्यक्षेत्रमा रहेका नागरिकहरूलाई शिक्षा सम्बन्धि जानकारी निरन्तर सम्प्रेषण गरिरहेका छन् ।
Discussion about this post