२६ माघ २०८२ झापा,
झापा क्षेत्र नं. ५ का लागि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रन्जित तामाङले आफ्नो उम्मेदवारी गणतन्त्रको उज्यालो जनताको घरदैलोसम्म पुर्याउनका लागि भएको बताएका छन्।
तामाङले संविधान उत्कृष्ट भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेकाले युवामा असन्तुष्टि छाएको वताए। सोमवार झापा-५ अन्तर्गत कमल गाउंपालिकामा आयोजित जनभेटघाट कार्यक्रममा तामाङले भने-‘ नेपाली जनताको ठुलो वलिदानवाट हासिल भएको गणतान्त्रिक संविधानको सहि कार्यान्वयन आवश्यक छ।
तामाङले संविधानले ग्यारेन्टी गरेको शिक्षा, स्वास्थ्य र रोजगारीको मौलिक हक यसपटक प्रतीनीधि शभा निर्वाचनमा जितेर गए उल्लेखीत सॅविधानलाई कार्यन्वयन गर्ने र जनताको घर दैलो सम्म पुर्याउने वताए ।
नेकपा झापा क्षेत्र नं. ५ का निर्वाचन परिचालन समितिका संयोजक सुरेन्द्र बस्नेतले संघीय गणतन्त्रको जननीलाई जिताए मात्र संविधानको सहि कार्यान्वयन हुने वताए। बस्नेतले जसको नीति , उसकै नेतृत्व हुनुपर्ने वताए। कार्यक्रममा नेकपा केन्द्रीय सदस्य बीरेन्द्र बस्नेत, दिपेनवाला राई लगायतको सहभागी थिए।













Discussion about this post