
११ पौष२०८२ काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले पाँचौँ पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । गत भदौ २७ गते प्रधानमन्त्रीको पदभार सम्हालेकी कार्कीले शुक्रबार परराष्ट्रमन्क्रीमा बालानन्द शर्मालाई नियुत्त गरेकी हुन् ।
नवनियुक्त मन्त्री शर्माले पद तथा गोपनीयताको शपथसमेत लिइसकेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्री शर्माले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
माओवादी लडाकु समायोजन समितिमा काम गरिसकेका शर्मा नेपाली सेनाका पूर्वरथी पनि हुन् ।
प्रधानमन्त्री कार्कीले यसअघि भदौ ३०, असोज ६, कात्तिक ९ र मंसिर २६ गते मन्त्रिपरिषद् विस्तार गरेकी थिइन् ।










Discussion about this post