१३ मॅसिर २०८२ काठमडौ ।
बीपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा आफ्नोधारणा राख्दै जेन्जी अगुवा रवि किरण हमालले वर्तमानराजनीतिक संकटको समाधान सर्वपक्षीय सरकार गठन र संविधानपुनर्लेखनमार्फत मात्र सम्भव हुने विचार व्यक्त गरेका छन्।
किरणका अनुसार अहिलेको सरकार कु प्रक्रियामार्फत बनेको हुँदायसले देशमा थप अस्थिरता, अनिश्चितता र शासनप्रति अविश्वासबढाइरहेको छ। भाद्र २३ र २४ गते युवापुस्ताले सुरु गरेकोविद्रोहलाई आत्मसात गर्ने कि नबुझेर कोट्याउने भन्ने प्रश्नमा उनलेस्पष्ट चेतावनी दिँदै भने “विद्रोहलाई अपमान गर्ने या कमजोरबनाउने कुनै पनि प्रयास स्वीकार्य हुँदैन।”
उनले सुशीला कार्की र ओम प्रकाश अर्याल नेतृत्वको समूहलेराज्यविहिनताको अवसर लिएर सत्ता कब्जा गरेको आरोपसमेतलगाए।
सरकार बनेपछि देखिएका निर्णय र काण्डसम्बन्धी उदाहरण प्रस्तुतगर्दै किरणले भने—
- अर्थमन्त्रीद्वारा डोल्मालाई दिइएको कर छुट,
- ऊर्जामन्त्री कुलमान घिसिङले ४३ करोड घाटा हुनेगरीगरेको विद्युत् सम्झौता,
- १६–१७ वर्षका किशोरीलाई बेहोस बनाएर डिम्बे बिक्री गर्नेगिरोहलाई महान्यायाधिवक्ताद्वारा उन्मुक्ति,
- गृहमन्त्रीले काकालाई डीआइजी बनाउन दरबन्दी थपेकोघटना,
- प्रधानमन्त्रीका सोकीय सचिवले आफ्ना आसेपासेलाईदिइएको राजनीतिक नियुक्ति
यी सबै घटना सरकारले भ्रष्टाचार र लुटतन्त्रलाई संस्थागत गरेकोस्पष्ट प्रमाण भएको उनको जिकिर थियो।
किरणले विद्यमान राजनीतिक दलभित्रका निष्ठावान तथासुधारवादी नेताहरू, जेन्जी पुस्ता र असन्तुष्ट जनसमुदायलाई एउटैमोर्चामा समेटेर सर्वपक्षीय सरकार निर्माण गर्दै संविधानपुनर्लेखनमा अघि बढ्नुपर्ने आफ्नो माग दोहोर्याए।











Discussion about this post