डाँडागाउँका करिब २२ वर्षीया सरिता बिष्ट (बस्नेत) र सोही ठाउँका २० वर्षीय शिखर बस्नेत मृत भेटिएका हुन् ।
सरिताका घाँटीमा धारिलो हतियार प्रहार भएकोजस्तो देखिएकाले घटना शङ्कास्पद बनेको छ । प्रहरीका अनुसार सरिताको शव रहेको करिब २५ मिटर तल रूखमा झुण्डिएको अवस्थामा शिखरको शव फेला परेको छ ।
घटनाबारे सुक्ष्म रूपमा अनुसन्धान भएपछि मात्रै यसको कारणबारे खुल्ने जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी प्रतीक विष्टले जानकारी दिए ।
घटनाबारे प्रारम्भिक अनुसन्धान सुरू गरिएको प्रहरीको भनाइ छ ।
Discussion about this post