१० माघ २०८१ काठमडौ
गएको सोमबार दोस्रो कार्यकालको राष्ट्रपतिको शपथ लिएका डोनाल्ड ट्रम्पको आप्रवासनसम्बन्धी नीतिको कारणले अमेरिकामा भएका ३ हजारभन्दा बढी नेपाली फिर्ता हुने देखिएको छ।
गैरकानूनी रूपमा अमेरिकामा बसोबास गरेका र बसोबास गर्ने कानूनी आधार कमजोर भएर अदालतबाटै फैसला आएकाहरू यो घानमा पर्ने भएका हुन् ।
अमेरिकाबाट प्रकाशित समाचार पोर्टल नेयुयोर्कका अनुसार अगामी ६ महिनाभित्र उनीहरू फिर्ता हुने देखिएको छ ।
स्वदेश फर्किनुपर्ने बहुसंख्यक नेपाली सन् २०१५ जुन २४ पछि अमेरिका पुगेकाहरू भएको समाचारमा जनाइएको छ।
यसअघि पनि अमेरिकाले नेपालीलाई फर्काईसकेको उदाहरण छ । पछिल्लो ४ वर्षमा अमेरिकाबाट १०३ नेपालीलाई फर्काइको छ ।
जसमा सन् २०२१ मा ३८ साथै २०२२, २३ र २४ मा क्रमशः २४, २५ र १६ जना छन् । अमेरिका मात्र नभएर पछिल्लो ४ वर्षमा ४ हजार नेपाली विदेशबाट फर्काइएको छ ।
भारतीय विदेश मन्त्री एस. जयशंकरले अमेरिकामा गैरकानूनीरूपमा बसेका भारतीयहरूलाई फिर्ता गर्न भारत तयार भएको भन्दै सहयोगको प्रतिबद्धता जनाइसकेका छन्
नेपालको परराष्ट्र मन्त्रालयबाट भने यसबारे कुनै सार्वजनिक धारणा आएको छैन ।
Discussion about this post