१२ पौष२०८१ काठमडौ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाट निकालेपछि झण्डै ४० प्रतिशत नेता- कार्यकर्ताहरूले ‘विद्रोह’को तयारी सुरु गरेका छन्।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एमालेभित्र ‘राष्ट्रवादी नेता’ भनेर चिनिने रावललाई अन्यायपूर्ण ढंगले पार्टीबाट निष्कासन गरेको भन्दै डेढ दर्जन बढी केन्द्रीय सदस्य, १ प्रदेश अध्यक्ष र १३ जिल्ला अध्यक्षले ‘ A समर्थन’ दिएको रावलको सचिवालयल टानी गरेको छ ।
अध्यक्ष र १३ जिल्ला अध्यक्षले ‘साथ- समर्थन’ दिएको रावलको सचिवालयले दाबी गरेको छ ।तानाशाही केपी ओलीले कमरेड भीम रावललाई पार्टीबाट निकालेपछि एमाले पंक्तिमा एकखालको तरंग पैदा भएको छ ।
यतिबेला केही केन्द्रीय कमिटीका सदस्य, प्रदेश कमिटी र जिल्ला कमिटीका नेताहरूले ओलीको आलोचना गरिरहनुभएको छ,’ रावलको सचिवालयमा रहेका एक सदस्यले भने, ‘अहिलेसम्म १ जना प्रदेश र १३ जना जिल्ला अध्यक्षले विद्रोहको तयारी गर्नुभएको छ ।
त्यस्तै, जिल्ला-जिल्लामा जिम्मेवारीविहीन बनाइएका कतिपय पूर्वअध्यक्षहरू पनि नेता रावलको सम्पर्कमा छन्। विद्रोहको तयारीमा रहेका प्रदेश र जिल्ला अध्यक्षहरूको नाम हाललाई गोप्य नै राखिएको छ ।
र, रावलनिकट नेताहरू आन्तरिक ‘भेला- संवाद’ मार्फत् स्थानीय तहसम्मै एमालेभित्र विभाजनको रेखा र्कोने काममा सक्रिय देखिन्छन्।
अन्य प्रदेशको तुलनामा नेता रावलले सुदूरपश्चिममा ६० प्रतिशत नेता- कार्यकर्ताको साथ पाएको दाबी गरिएको छ। सुदूरपश्चिमका सबै जिल्ला कमिटीमा उनको पकड बलियो रहेको एमाले सुदूरपश्चिम प्रदेश कमिटीका एक सदस्यले बत छन् ।
‘यो प्रदेश निस्काशित भिम रावलको गृहप्रदेश हो। सुदूरपश्चिममा रावल भनेकै एमाले, एमाले भनेकै रावलजस्तो छ। त्यसकारण पनि यहाँका ६० प्रतिशत नेता-कार्यकर्ताहरूले ओलीलाई साथ दिँदैनन्, रावलको पक्षमै छन्,’ ती प्रदेश कमिटी सदस्यले भने।
त्यस्तै, सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा पनि एमालेभित्र विद्रोहको तयारी तीव्र रहेको रावल समूहको दाबी छ।
पार्टीबाट निकालिएपछि रावलले ओलीको तानाशाह प्रवृत्ति र दमनविरुद्ध देशव्यापीरुपमा भन्डाफोर गर्ने चेतावनी दिइरहेका छन् । काठमाडौंस्थित उनको निवासमा अहिले एमालेभित्र असन्तुष्ट रहेका नेता- कार्यकर्ताहरूको भीडभाड देख्न सकिन्छ ।
Discussion about this post