११ पौष २०८१ काठमडौ,
धर्मको प्रचार गरी प्रलोभनमा पारेर धर्मपरिवर्तन गर्न खोजेको आरोपमा कैलाली लम्किचुहा नगरपालिकास्थित लम्की सामुदायिक चर्चका पाष्टर जन्मजय भट्टराई मंगलबार बिहान उनकै निवासबाट प्रहरीले पक्राउ गरेको छ ।
उनको पक्राउलाई लिएर स्थानीय चर्च, नगर इसाई समाज, लम्किचुहा नगर जवान समिति, नेपाल राष्ट्रिय ईसाई समाज लगायतका स्थानिय धार्मिक सङ्घ संस्थाहरुले उनको पक्राउको बिरोध गरेको हो ।
धर्म निरपेक्षताको,उपहास भएको भन्दै विभिन्न स्थानिय ख्रीष्टियन संघसंगठनले विरोध र खण्डन गर्दै संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामीले विगत लामो समयदेखि उपहारको पर्व वडादिन ख्रीष्टमसको अवसरमा, लम्कीचुहा क्षेत्रका विपन्न बालबालिकाहरूलाई शैक्षिक संस्थाको औपचारिक पत्राचार र आग्रहमा शैक्षिक सामग्री र अन्य सहयोग प्रदान गर्दै आएका छौं ।
यस्ता किसिमका सहयोगकार्यलाई धार्मिक प्रचारको रूपमा चित्रण गर्नु गलत र भ्रामक छ ।’नेपाल राष्ट्रिय ईसाई समाजका अध्यक्ष पाष्टर चन्द्र बहादुर थापाले शैक्षिक सामग्री वितरण कार्यक्रममा धार्मिक प्रवचन वा बाइबलको प्रचार नगरेको बताए ।
स्थानीय पास्टर जन्मजय भट्टराईमाथि लगाइएका आरोपहरू पूर्णतः असत्य र आधारहीन छन् । धर्म निरपेक्षताको
भावनामा चोट पुऱ्याउने तथा समुदायवीच द्वेष फैलाउने कुनै पनि गतिविधिलाई निरुत्साहित गर्न हामी सबै जिम्मेवार नागरिकलाई आग्रह गर्दछौं ।’
नेपाल ख्रीष्टियन समाजका महासचिव पाष्टर राजेन्द्र मल्लले
भने, ‘देश धर्मनिरपेक्ष भएकाले सबै ख्रीष्टियनहरुले आफनो आस्थाको अभ्यास गर्न पाउने, प्रचार-प्रचार गर्न पाउने संवैधानिक अधिकार भएकोले ख्रीष्टमस एउटा खुशी र उपहारको पर्व भएकाले सो अवसरमा विपन्नबालबालिका कालागि शैक्षिक सामाग्री र झोला वितरणगर्नु कुनैअपराध नभएको बताए ।
यस्तै, ख्रीष्टियन जर्नलिस्ट फेलोसिप नेपालका केन्द्रीय महासचिव तथा धार्मिक स्वतन्त्रताका अभियन्ता निरोजले भट्टराईको रिहाईकोमाग गर्दै अल्पसंख्यक धार्मिकसमुदायलाई आतंकित नबनाउन र धार्मिक सद्भाव विथोल्ने कार्य नगर्न सम्बन्धित निकायसँग आग्रह समेत गरेका छन् ।
ख्रीष्टियन समाजले खृस्टियन धर्मगुरुको पक्राउलाई लिएर सञ्चारमाध्यमले गलत समाचारहरू प्रकाशित गरेको बताउँदै त्यस्ता समाचारहरुले समाजमा रहेका समुदायको सामाजिक उत्तरदायित्वलाई तोडमोड गरेर धार्मिक कुटता सिर्जना गर्ने प्रयास भएकोप्रति खेद प्रकट गरेको छ ।
साथै,सञ्चारमाध्यले तथ्यगत र प्रमाणमा आधारित समाचार प्रकाशन गर्न ख्रीष्टियन समाजले अनुरोध गरेको छ भने सम्बन्धित निकायसँग कानूनी रूपमा सहकार्य गर्नतयार रहेको र ख्रीष्टियन समाजको प्रतिबद्धता छ ।
सबैलाई मेलमिलाप, सहिष्णुता, र आपसी सम्मानको भावना विकास गर्न पनि ख्रीष्टियन समाजले आह्वान गरेको छ ।
Discussion about this post