२पौष २०८१ माङ्सेबुङ्ग ।
ईलामको माङ्सेबुङ्गमा आज विहान
सडकमै विग्रिएको ट्रक मर्मत गर्ने क्रममा च्यापिएर गाडि चालकको मृत्यु भएको छ ।
माङ्सेबुङ गाउँपालिका-३, सल्लेरीमा भएको दुर्घटनामा ट्रक चालक पाँचथरको हिलिहाङ गाउँपालिका-७ भारापाका ३८ वर्षीय कुमार तामाङको मृत्यु भएको हो।
काठ बोकेको ना ३ ख ६०३७ नम्बरको ट्रक रवि-दमक सडकखण्डमा पाङ्ग्रा (चक्का) को नटबोल्टु भाँचिएर बिग्रिएको थियो। जग उठाएर नटबोल्टु फेर्ने क्रममा अचानक जग भासिएर उनी च्यापिएका थिए।
ट्रकले च्यापिएपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
Discussion about this post