२० मङ्ग्सिर २०८१ सुनसरी ।
सुनसरीको बिभिन्न स्थानहरुबाट मंसिर १९ गते इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागुऔषध सहित १० जनालाई पक्राउ गर्न सफल भएको छ ।
धरान-२ भानुचोक स्थितबाट धनकुटा सहिदभुमी गाउँपालिका-४ का २६ बर्षीय रम्मिर राई र झापा भद्रपुर नगरपालिका-२ का ३६ बर्षीय दिनेश सुर्खेती (सार्की) लाई २ ग्राम ६ सय मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको छ भने धरान-८ भोटेपुल स्थितमा डेरा गरी बस्ने २७ बर्षीय चिरन्जिवी राई, २७ बर्षीय असिम राई र २९ बर्षीय मन्जिल राईलाई ६ सय २० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको छ ।
यसैगरी धरान-१३ का ४१ बर्षीय रोशन मगर र ३७ बर्षीय प्रकाश राईलाई प्रतिबन्धित औषधी Promethazine-३४ पिस, Buprenorphine-३५, पिस, Diazepam-३५ पिस र Phenergan-३५ पिस सहित नियन्त्रणमा लिईएको छ ।
यसै गरी अस्थायी प्रहरी चौकी जोरसखुवाले धरान-१६ का १६ बर्षीय बालकलाई ट्रामोल ४० क्याप्सुल र स्पासपेन ४० ट्याब्लेट सहित र धरान-११ का २३ बर्षीय मन कुमार मगर र १९ बर्षीय रोजन राईलाई ट्रामाडोल ४७ क्याप्सुल र नियन्त्रित औषधी ४७ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ ।
प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका सबैजनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान तथा कानूनी कारबाही भई रहेको छ ।
Discussion about this post