२मङ्सिर २०८१सुनसरी ईटहरी,
ईटहरिको खनार नजिकै शान्ति चौकमा बसको ठक्करबाट एकजनाको घटनास्थलमै मृत्यु भएको छ।
इटहरी बाट विराटनगरतर्फ जाँदै गरेको मे १ ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको भने पहिचान खुल्न बाँकी छ ।
दुर्घटना गराएर भागेको बसलाई सुनसरी-मोरङ सिँचाई आयोजनाको पुलनजिकै स्थानीयले आगो लगाएका छन् । आगजनीबाट बस पूर्णरूपले जलेको छ ।
दुर्घटनापछि आक्रोसित बनेका स्थानीयले बसलाई खानर चोकमै रोकेर आगो लगाएका हुन् । बसमा आगजनी हुन थालेपछि यात्रुहरु निस्किएर भागेका थिए । अहिले यस क्षेत्रमा अवस्था तनावग्रस्त बनेको छ ।
Discussion about this post