१ मङ्सिर २०८१,
काठमाडौं । डिजिटल सवारी चालक अनुमतिपत्र नियमनका लागि ट्राफिक प्रहरीलाई चार सय आठ थान स्मार्ट फोन हस्तान्तरण गरिएको छ ।
यातायात मन्त्रालयले कार्तिक ३० गतेका दिन ललितपुरमा आयोजना गरेको एक कार्यक्रमका बीच बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई स्मार्ट फोन हस्तान्तरण गरेका हुन् ।
मुख्यमन्त्री लामाले यसबाट प्रभावकारी यातायात व्यवस्थापनमा सहयोग पुग्ने बताए | उनले नागरिकको गुनासालाई सम्बोधन गरी आगामी दिनमा टाफिक प्रहरीको काम लागि ४ सयभन्दा बढी स्माट फोन हस्तान्तरण गर्ने
बताए ।
कार्यक्रममा बागमतीका यातायातमन्त्री प्रेमभक्त महर्जन, बागमती प्रदेशसभा सदस्य मधुसुदन पौडेल, बागमती प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री रामेश्वर श्रेष्ठ र यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले उक्त स्मार्ट फोनले ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
त्यस अवसरमा प्रदेश यातायातका लागि ४ सयभन्दा बढी स्मार्ट फोन बितरण गर्ने बताए ।
प्रहरी महानिरीक्षक कुँवरले सीमित स्रोत साधनको अधिकतम सदुपयोग गर्दै प्रभावकारी ट्राफिक व्यवस्थापन गरिहेको नेपाल प्रहरीलाई आज हस्तान्तरण भएका स्रोत साधनहरू अत्यन्तै उपयोगीसिद्ध हुने विश्वास लिएको बताए ।
प्रहरीको एकल प्रयासले मात्र ट्राफिक व्यवस्थापन सम्भव नहुने भएकाले सरोकारवाला निकायको सहयोग समन्वयले ट्राफिक व्यवस्थापनलाई समयानुकूल आधुनिकिकरण सहजीकरण हुने उनले उल्लेख गरे ।
Discussion about this post