मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

दमक नगर इसाई समाजको २९औं पुर्ण सभा तथा दोस्रो अधिवेशन सम्पन्न ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ भाद्र ११, मंगलवार ०९:५७
in Banner News, कोशी प्रदेश, जीवनशैली, धर्म संस्कृति, पत्रपत्रिका, प्रदेश समाचार, फोटो फिचर, बिचार, रोचक, समाचार, समाज, सूचना प्रबिधि
0
दमक नगर इसाई समाजको २९औं पुर्ण सभा तथा दोस्रो अधिवेशन सम्पन्न ।
217
SHARES
679
VIEWS
Spread the love

११ भदौ२०८१ दमक ।
दमकमा इसाई धर्मावलम्वीहरुको करिव ४५ बढी चर्च (मण्डली) हरु छन् । दमक नगरको विभिन्न वडाहरुमा छरिएर रहेका इसाई धर्मावलम्वीहरुले दमकमा आफ्नो हकअधिकार स्थापित गर्न, आपसी भाईचारा, प्रेम र एकताको निम्ति ‘दमक नगर इसाई समाज’नाम गरेको समाज स्थापना गरेको हो । यो समाज स्थापना भएको २९ वर्ष पूरा भएको छ ।

Exif_JPEG_420

दमक नगर ईशाई समाजको सोमबारका दिन भएको दमक नगरकै सवै भन्दा पुरानो मन्डलि ज्योती चर्च मन्डलिमा दमक नगर भित्रका विभिन्न वडामा रहेका ईशाईमन्डलिहरुले समाजको २९औं बार्षिक पुर्ण बैठक तथा दोस्रो अधिवेशन वृहत उपस्थितिमा सभ्य र भब्यताका साथ सम्पन्न गरेका छन् ।

दमक नगरपालिकाको वडा नम्बर-५ स्थित ज्योती चर्चमा आयोजना गरिएको दमक नगर इसाई समाजको २९औं स्थपाना दिवसको बार्षिक पुर्ण बैठक तथा दोस्रो अधिवेशन सम्पन्न भएको हो ।

झापा जिल्ला इसाई समाजका अध्यक्ष समेत रहनुभएका कार्यक्रमका प्रमुख अतिथि पाष्टर अमरदीप आलेमगरले यी दुबै कार्यक्रमको उद्घाटन गर्नुभएको छ । कार्यक्रममा मोरङ जिल्ला इसाई समाजका अध्यक्ष पाष्टर नबीन कुमार राईसहित झापाका विभिन्न पालिकास्तरीय इसाई समाजका अध्यक्षसहित अगुवाहरु, चर्चका प्रतिनिधि एबम् पर्यवेक्षकहरुको उपस्थिति थियो ।

समाजका अध्यक्ष पाष्टर धनकुमार (आकाश थुलुङ) राईको अध्यक्षतामा २९औं बार्षिकोत्सव तथा दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रमको बन्दसत्रले दमक नगर इसाई समाजको आगामी दुई बर्षे कार्यकालका लागि पाष्टर हेमन्त सुब्बाको अध्यक्षतामा समिति पुनर्गठन गरिएको छ । पुर्नर्गठित समितिको अध्यक्षमा निर्वाचित सुब्बा यसअघि कार्यसमितिका उपाध्यक्ष हुन् ।
त्यसैगरी, समितिको उपाध्यक्षद्धयमा पाष्टर रामप्रसाद राई, अम्बिका (रोजी शेर्पा) कार्की, सचिवमा पाष्टर अजय पाठक, सहसचिवमा पाष्टर खड्गबहादुर (दीपक) कार्की र कोषाध्यक्षमा हरिकुमार राई चुनिएका छन् ।

सो समितिको सदस्यहरुमा पाष्टर गंगाप्रसाद (जोन) राई, पाष्टर राधाकृष्ण (पावल) बस्नेत, सुधिर वाल्मीकि, धनकुमार धिमाल, विकास लामगादे, हर्ककुमारी राई, रोहित पार्तेल, सागर लावोती र एल्डर रामबहादुर (पावल) राई सर्वसम्मत चुनिएका छन् ।
अधिवेशनबाट निर्वाचित समितिको आगामी बैठकले दमक नगर इसाई समाजको सल्लाहकार समिति र विषयगत अन्य उपसमितिहरु समेत गठन गरिने व्यवस्था छ ।

उद्घाटन समारोहमा दमक नगर इसाई समाजले स्थापनाकालदेखि सञ्चालन गरेको कार्यक्रम र गतिविधिहरुका बारेमा समिक्षा गरिएको थियो । झण्डै २ सय ५० जना प्रतिनिधिहरुको उपस्थितिमा भएको बार्षिकोत्सव तथा अधिवेशनको उद्घाटन समारोहमा समाजका अध्यक्ष पाष्टर धनकुमार (आकाश थुलुङ) राईले दमकमा इसाई समाजले धार्मीक गतिविधिहरुसंगै दमकको सामाजिक तथा परोपकार सेवामा समेत महत्वपूर्ण योगदान गर्न सफल भएको बताउनुभयो ।

अध्यक्ष आकाश थुलुङले महामारीको रुपमा फेलिएको कोभिड, आगलागी, भुकम्प, बाढी, कटान, डुवान लगायत दमकको सामुदायीक विद्यालयको शैक्षिकास्तरको विकास, विद्यार्थी प्रोत्साहन, दमकको सरसफाई, रक्तदानको कार्यमा संस्थागत रुपमा दमक नगर इसाई समाजले इतिहासमा सुनौला अक्षरमा नाम लेख्न सफल भएको बताउनुभयो ।

कोभिडकालिन समयमा इसाई समाजले आफ्नो स्रोत साधनबाटै दमकमा ठूलो मात्राको खाद्यान्य सामाग्रीहरु बितरण गरिएको, दमक कोभिड अस्पताललाई स्वास्थ्य सामाग्रीहरु सहयोग गएिको अध्यक्ष पाष्टर थुलुङले प्रतिवदेनमा प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै, कोभिडको समयमा दमकस्थित बसपार्कमा अलपत्र परेका यात्रुहरु र सडक जीवन बिताउनेहरुका लागि इसाई समाज र दिदीबहिनी समुह मार्फत निःशुल्क खाना खुवाइएको समेत स्मरण गर्नुभयो । वहाँले हिउँदको सयमा विद्यालयमा अध्ययनरत गरिव विद्यार्थीहरुका लागि न्यानो कपडा र विद्यालय जाने झोला वितरण गरेको चर्चा गर्नुभयो ।

त्यस्तै, पाष्टर थुलुङले दमकमा बढ्दो अवस्थामा रहेको लागुऔषधको कारोबार र प्रयोगलाई नियन्त्रण गर्न दमक नगरपालिकाको कार्यालय र इलाका प्रहरी कार्यालय दमकसहित अन्य सामाजिक संघसंस्थाहरुसंग सहकार्य अनि हात्तेमालो गरी कार्यक्रमहरु गरिरहेको कार्यक्रममा बताउनुभयो ।

कार्यक्रममा दमकको प्रशासनिक समन्वय समितिका संयोजक तथा दमक नगर इसाई समाजका पूर्व अध्यक्ष पाष्टर राजकुमार नाछिरिङ राई, दमक-१ मा अवस्थित आदनको बगैचा संयोजक पाष्टर मुक्ति किराँती थुलुङ, दिदीबहिनी संयोजक अम्बिका (रोजी शेर्पा) कार्की, युवा संगती संयोजक तथा दमक नगर इसाई समाजका सहसचिव एल्डर सुरज लिम्बू, बिपत व्यवस्थापन संयोजक पाष्टर युवराज घिमिरे र खेलकुद विभाग समितिका संयोजक शिखर राईले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सोही अवसरमा दमक नगर इसाई समाजले इसाई धर्मावलम्वीहरुका छोराछोरीहरुलाई शैक्षिक क्षेत्रमा प्रोत्साहन गर्न एसईईमा ए-ग्रेडसहित उर्तिण गर्ने विद्यार्थीहरुलाई नगदसहित खादा लगाएर प्रशंषापत्र बितरण गरिएको थियो।

कार्यक्रम सुभारम्भमा दमकका इसाई धर्मावलम्वीहरुका अगुवा रेभरेन एनडी थुलुङ राईले प्रार्थना गर्नुभएको थियो भने दमकका विभिन्न चर्च तथा मण्डलीका कलाकारहरुले मनोरञ्जनात्मक नृत्य र भजनहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विशेष बक्ताका रुपमा मोरङ इसाई समाजका अध्यक्ष पाष्टर नबीनकुमार राईले बाइबल र मानवीय सेवा, धर्म, प्रेम, शुभ समाचार लगायतका बारेमा प्रवचन गर्नुभएको थियो । समाजका उपाध्यक्ष पाष्टर हेमन्त सुब्बाले
स्वागत मन्तब्य राखेका थिए । कार्यक्रक सञ्चालन ईशाई समाज दमकका सचिव पास्टर-अजय पाठकले गरेका थिए।

कार्यक्रममा विशेष बक्ताका रुपमा मोरङ इसाई समाजका अध्यक्ष पाष्टर नबीनकुमार राईले बाइबल र मानवीय सेवा, धर्म, प्रेम, शुभ समाचार लगायतका बारेमा प्रवचन गर्नुभएको थियो । समाजका उपाध्यक्ष पाष्टर हेमन्त सुब्बाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव पाष्टर अजय पाठकले गर्नुभएको थियो ।


Spread the love
Previous Post

मुस्लिमसँग विवाह गरेकि करिना ,अहिले इसाई अनुयायी बनिन, !

Next Post

सुधार केन्द्रका संचालकको पिटाईबाट तीन जना अभिभावक घाईते ।

सम्बन्धित समाचार

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०८१ भाद्र ११, मंगलवार ०९:५७
नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।
पत्रपत्रिका

नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।

२०८१ भाद्र ११, मंगलवार ०९:५७
तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।
कोशी प्रदेश

तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।

२०८१ भाद्र ११, मंगलवार ०९:५७
भोलि र पर्सि सार्वजनिक बिदा ।।
जीवनशैली

भोलि र पर्सि सार्वजनिक बिदा ।।

२०८१ भाद्र ११, मंगलवार ०९:५७
प्रचण्डले भने अध्यक्ष छाडेर म संयोजक भए ।
फोटो फिचर

प्रचण्डले भने अध्यक्ष छाडेर म संयोजक भए ।

२०८१ भाद्र ११, मंगलवार ०९:५७
दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।
कोशी प्रदेश

दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।

२०८१ भाद्र ११, मंगलवार ०९:५७
Next Post
सुधार केन्द्रका संचालकको पिटाईबाट तीन जना अभिभावक घाईते  ।

सुधार केन्द्रका संचालकको पिटाईबाट तीन जना अभिभावक घाईते ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!